Logo

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो, ठुलो संख्यामा थपिए संक्रमित



Spread the love

२३ असार, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ ।

अमेरिकामा २४ घण्टा यता ३ सय ३१ जनाको मृत्यु भएको छ भने हिजो ५ तारिकमा २ सय ३४ जनाको मुत्यु भएको थियो । हिजोको तुलनमा आज मृत्यु हुनेको संख्या बढेको छ । अमेरिका विश्वभर अहिलेसम्मकै सबैभन्दा धेरै मृत्यु हुने देश भएको छ । ४८ हजार नयाँ संक्रमित थपिएका छन् ।

२१२ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म अमिरिकामा मात्र १ लाख ३२ हजार ९ सय ३२ जनाको मृत्यु भएको छ भने ३० लाख ३९ हजार भन्दा बढी संक्रमित भएका छन् । १३ लाख १० हजार भन्दा बढी उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्