Logo

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो, कोरोनाबाट प्रभावित देशमध्ये तेश्रो स्थानमा



Spread the love

२३ असार, एजेन्सी – विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले भारतमा पनि तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । भारतमा अहिले कोरोना व्यापक बन्दै गएको छ । गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या केही बढेको छ ।

भारतमा बितेको २४ घण्टामा ४ सय ७१ जनाले ज्यान गुमाएका छन् भने २२ हजार बढी नयाँ संक्रमित थपिएका छन् । हिजो अर्थात् जुन ६तारिखमा मात्रै भारतमा ४ सय २४ जनाले कोरोनाको कारण कारण ज्यान गुमाएका थिए भने हिजोको तुलनामा यो संख्या बढेको हो । अहिले भारत विश्वमा कोरोनाबाट अति प्रभावित मुलुकको तेश्रो स्थानमा उक्लिएको छ ।

अहिलेसम्म भारतमा ७ लाख २० हजार भन्दा बढीमा संक्रमणको पुष्टि भइसकेको छ । यो सामग्री तयार पार्दासम्म भारतमा कोरोनाको कारण २० हजार १ सय ७४ जनाको मृत्यु भइसकेको छ । ४ लाख ४० हजार जना उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्