Logo

विप्लव समुहका नेताद्वारा पार्टी परित्याग



Spread the love

२३ असार, रूकुम – रुकुम(पूर्व)मा नेत्र विक्रम चन्द समूहका एक नेताले समूह परित्यागको घोषणा गरेका छन् ।

सिस्ने गाउँपालिका–८ का ३८ वर्षीय जिल्ला सेक्रेटरी भनिने देवीलाल पुनले सोमबार जिल्ला प्रशासन कार्यालयमा पुगेर पार्टी त्यागको घोषणा गरेका हुन् ।

स्वेच्छिक रुपले समूह परित्याग गर्दै अब स्वतन्त्र हिसाबले व्यवसायमा लाग्ने पुनले प्रतिबद्धता जनाएको प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्