Logo

११९ बर्षीया पार्वतीदेवीले गरिन् मतदान



Spread the love

डडेलधुरा अमरगाढी नगरपालिका ६ भजनपुरकी ११९ बर्षीया पार्वतीदेवी खड्काले मतदान गरेकी छिन् ।

उनले भजनेउटा चौतारो मतदान केन्द्र ख बाट मतदान गरेकी हुन् । 

खड्का १० जेठ १९५५ मा जन्मिएकी हुन् । उनले ०४६ सालयताका सबै निर्वाचनमा मतदान गरेको बनाईन् ।

मतदान अधिकृत पदमराज भट्टका अनुसार उनले आफन्तको सहयोगमा मतदान गरेकी छिन् भन्ने खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्