Logo

१ करोडमा बिक्री भए सन्दिप लामिछाने



Spread the love

२३ असार, काठमाडाैँ – नेपाली लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल) सिजन २०२० जमैका तलावाजबाट खेल्ने भएका छन् ।

न्युनतम मूल्य ९० हजार डलर (लगभग १ करोड नेपाली रूपैयाँ) राखेर सन्दीपले आफ्नो नाम सिपिएलको ड्राफ्टमा राखेका थिए ।

सोही अनुसार जमैकाले सन्दिपलाई १ करोड मुल्यमा आफ्नो टिममा अनुबन्ध गरेको हो ।

सन्दिपले सन् २०१८ मा सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट खेल्दै क्यारेबियन प्रिमियर लिगमा डेब्यु गरेका थिए ।

दोश्रो सिजन उनको टिम बार्बाडोस ट्राइडेन्ट्स भयो । सो सिजन ६ खेल खेल्दै उनले १९.५ ओभर बलिङ गरेका थिए भने १ सय २९ रन खर्चदैँ ६ विकेट आफ्नो नाममा लेखाएका थिए ।

पहिलो सिजन सन्दिप ५ हजार अमेरीकी डलरमा अनुबन्ध भएका थिए । दोश्रो सिजन ७० हजारमा बार्बाडोसले अनुबन्ध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्