Logo

टिकटक प्रतिबन्ध भएपछि भारतमा १८ वर्षीया सन्ध्याले गरिन् आत्महत्या



Spread the love

एजेन्सी। भारतमा टिकटक प्रतिबन्ध भएपछि दुईजनाले आत्महत्या गरेका छन् । एकातिर १८ वर्षकी टिकटक प्रयोगकर्ता सन्ध्या चौहानले आत्महत्या गरेकी छन् भने अर्कातिर सुशान्त सिंह राजपूतकी ४५ वर्षीया प्रशंसकले डिप्रेशनमा आफ्नो जीवन समाप्त गरेकी हुन्।

सन्ध्या चौहान दिल्ली युनिभर्सिटीकी छात्रा थिइन् र टिकटकमा उनको राम्रो फ्यान फलोविङ थियो । आइतबार उनी आफ्नो कोठामा मृत अवस्थामा भेटिएकी हुन् । टिकटक प्रतिबन्ध भएपछि उनी डिप्रेशनमा भएको भारतीय मिडियाले जनाएको छ।

आत्महत्याको अर्को घटना सुशान्त सिंह राजपूतसँग सम्बन्धित छ । अभिनेताकी एक प्रशंसकले पासो लगाएर आत्महत्या गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्