Logo

पब्जीमा १७ बर्षीय किशोरले उडाए बाउआमाको १६ लाख भारु !



Spread the love

एजेन्सी। भारतको पन्जाबमा एकजना किशोरले पब्जी खेलेरै बाउआमाको १६ लाख भारु रित्याएका छन् । उनिसँग आफ्ना बाउआमाका विभिन्न ३ वटा मोबाइल अकाउन्टमा पहुँच थियो । पब्जी मोबाइलको इनएप पर्चेजेजका अलावा उनले गेम खेल्ने क्रममा खेल्ने साथीहका लागि समेत अपग्रेड खरीद गरिदिन्थे ।

किशोरका बाबुआमाले आफ्ना बैंक अकाउन्टबाट १६ लाख भन्दा धेरै भारु खर्च भएको देखेपछि सोधखोज गर्दा आफ्नै छोराले मोबाइलमा गेम खेल्दा त्यो रकम खर्च गरेको पत्ता लागेको थियो ।

ती किशोरले आमाको मोबाइलबाट पब्जी गेम खेल्दथे । जब गेमका लागि आवश्यक रकम बैंकबाट तिर्दा प्राप्त भएको मेसेज डिलिट गरिहाल्थे ।

प्रतिक्रिया दिनुहोस्