Logo

नेकपा भित्रको विवाद मिलाउन चिनियाँ राजदूतको बढ्दो सक्रियता



Spread the love

२३ असार, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद मिलाउन चिनियाँ राजदूत होउ यान्छीको सक्रियता बढेको छ । मंगलबार बिहानमात्रै यान्छी र नेकपाका वरिष्ठ नेता झलनाथ खनालबीच झण्डै ४५ मिनेट भेटवार्ता भएको हो ।

नेता खनालालाई भेट्न यान्छी बिहान ९ बजे खनाल निवास डल्लु पुगेकी स्रोतले बतायो ।

यसअघि आइतबार साँझ राजदूत होउले अर्का वरिष्ठ नेता माधवकुमार नेपाललाई उनकै निवास पुगेर भेटवार्ता गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्