Logo

कोरोनाबाट संक्रमित हुने बालबालिकाको संख्या पाँच सय नाघ्यो



Spread the love

असार २३, काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुने बालबालिकाको संख्या ५ सय नाघेको छ ।

सात प्रदेशमा सबैभन्दा धेरै संक्रमित सुदूरपश्चिममा रहेका छन् । सुदूरपश्चिम प्रदेशमा १७५ जना बालबालिका संक्रमित भएका छन् । मन्त्रालयका अनुसार ती बालबालिकाहरु आमाबुवासँगै भारतबाट फर्किएका हुन् ।

स्वास्थ्य मन्त्रालयका तथ्यांक अनुसार कुल संक्रमितको संख्या १४,५०० नाघ्दा कोरोनबाट संक्रमित हुने बालबालिकाको संख्या ५०० पुगेको थियो ।

कोरोना भाइरसबाट नेपालमा एक जना बालकको मात्र मृत्यु भएको छ । विज्ञहरु बालबालिकामा संक्रमण बढ्दै गएपछि चिन्तित भएका छन् । विज्ञहरुले अभिभावकहरुलाई सतर्कता अपनाउनका लागि आग्रह गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्