Logo

भारतमा कोरोना भाइरसबाट मर्नेहरुको संख्या २० हजार कट्यो



Spread the love

एजेन्सी । भारतमा कोरोना भाइरसबाट मर्नेहरुको संख्या २० हजार नाघेको छ ।

बितेको २४ घण्टामा भारतमा कोरोना भाइरसबाट २२,२५२ जना संक्रमित भएका छन् । यसका साथै भारतमा कोरोनाबाट संक्रमित हुनेहरुको संख्या ७ लाख १९ हजार ६६४ पुगेको छ ।

हालसम्म भारतमा २०,१५९ जनाको ज्यान गइसकेको छ । संक्रमितको हिसाबले भारत विश्वको तेस्रो प्रभावित राष्ट्र हो ।

यसैगरी भारतमा निको हुनेहरुको संख्या ४ लाख ३९ हजारभन्दा धेरै रहेको छ ।

भारतीय मिडियाका अनुसार ६ जुलाइसम्म १ करोड दुई लाख ११ हजार ९२ जनाको कोरोना परीक्षण गरिसकिएको छ ।

आईसीएमआरका अनुसार भारतमा प्रतिदिन औषतमा दुई लाख जनाको परीक्षण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्