Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
१,१६६,०३९
संक्रमित
४३,८७३,४१२
निको भएका
३२,२३६,६५४
नेपालमा कोरोना भाइरस
मृत्यु
८७६
संक्रमित
१६०,४००
निको भएका
११८,८४३

कोरोनाको संकटले गर्दा एड्स पीडितमा असर– डब्ल्यूएचओ



डब्ल्यूएचओका प्रमुख डा. टेड्राेस


एजेन्सी । विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्राेसले कोरोना संकटले गर्दा एचआईभी एड्सको जीवनरक्षक औषधिको आपूर्तिमा बन्देज भएको बताएका छन् ।

डब्ल्यूएचओको एक सर्भे अनुसार ७३ देशमा कोरोना भाइरसको कारणले गर्दा एड्सको औषधि सकिन थालेको छ ।

यसैगरी २४ देशले एड्सको अत्यावश्यक औधधि निकै कम भएको बताएका छन् ।

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोसले यस अवस्थालाई निकै चिन्ताजनक भएको जनाएका छन् ।

टेड्रोसले भने,‘विश्वभरका देशले एचआईभीबाट ग्रसित भएका मानिसका लागि जीवनरक्षक औषधि मिल्नुपर्दछ । कोरोनाको कारण एड्सको लडाइँ हार्न सक्दैनन् । हामीले निकै मुश्किलले जीत हासिल गरेका थियौँ ।’

प्रतिक्रिया दिनुहोस्