Logo

जंगली जनावरको सिकारले कोरोनाजस्ता भाइरसको संक्रमण हुने आशंका– यूएन



Spread the love

एजेन्सी । संयुक्त राष्ट्र संघको वातावरणसँग जोडिएको एक संस्थाले मानिसले जंगली जनावरमाथि अत्याचार गर्नं छाडेन भने कोरोनाजस्ता अन्य बिमारीको पनि सामना गर्नुपर्ने बताएको छ ।

संयुक्त राष्ट्र संघका विशेषज्ञका अनुसार बितेको केही वर्षमा जनावर र पंक्षीहरुबाट मानिसमा फैलिने बिमारी बढिरहेको छ । विज्ञानको भाषमा यस्ता खालको बिमारीलाई जुनोटिक डिजिज(प्राणीजन्य रोग) भन्ने गरिन्छ ।

पर्यावरण तथा स्वास्थ्य विशेषज्ञले मानिसले वातावरण र जंगली जनावरको बचाउ गरेनन् भने यसैगरी विभिन्न बिमारीको सामना गर्नुपर्ने भनी चेतावनी दिएका छन् ।

संयुक्त राष्ट्रको रिपोर्ट अनुसार प्राटिनको बढी मागका लागि जनावरको हिंसा भइरहेको छ र यसको असर मानिसलाई नै भोग्नुपरेको छ ।

विशेषज्ञहरुले जनावरबाट हुने विभिन्न बिमारीले विश्वभर प्रत्येक वर्ष करिब २० लाख मानिसले ज्यान गुमाउँछन् ।

प्रतिक्रिया दिनुहोस्