Logo

भक्तपुरमा पूजा गर्ने क्रममा ग्याँस निस्किएर एक महिला घाइते



Spread the love

असार २३, काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका २ हिन्दुनगरमा मंगलबार बिहान इनारमा पूजा गर्ने क्रममा इनारबाट निस्किएको ग्याँसले ४२ वर्षीया जमुना राई जलेर घाइते भएकी छिन् ।

हालचाल खनेको इनारमा पूजा गर्ने क्रममा सलाइ कोर्ने बित्तिकै इनारबाट निस्केको ग्याससहितको आगोको लप्कोले उनको अनुहारसहित केही भाग जल्न पुगेको हो ।

अहिले उनको उपचार सुष्मा मेमोरियल अस्पताल साँखुमा उपचार भइरहेको छ ।

इनारबाट अहिले पनि ग्याँस निस्किरहेको छ । सलाइ कोर्नासाथ ठुलो आवाजसहित इनारको ढकनी नै उछिट्टिएकाे थियो । रासस

प्रतिक्रिया दिनुहोस्