Logo

‘निर्वाचनबाट नयाँ अध्यायको शुरुआत’,- पुष्पकमल दाहाल ‘प्रचण्ड’



Spread the love

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन विगतका निर्वाचनको पुनरावृत्ति नभएको र यससँगै नयाँ अध्यायको शुरुआत भएको बताउनुभएको छ ।

पूर्वप्रधानमन्त्री दाहालले आज साँझ रासससँग कुरा गर्दै सामान्य घटनाबाहेक शान्तिपूर्ण र भयरहित रुपमा सम्पन्न भएकामा सबैप्रति धन्यवाद व्यक्त गर्दै उल्लासमय वातावरणमा देशभर निर्वाचन सम्पन्न गरेकामा निर्वाचन आयोगलाई विशेष धन्यवाद दिनुभएको छ । उहाँले ‘यस महान् अभियान’मा सक्रियतापूर्वक सहभागी भई आफ्नो मत जाहेर गर्नुभएका चितवनवासीलगायत सम्पूर्ण देशवासीप्रति आभार प्रकट गर्नुभएको छ ।

“निर्वाचनको सफलतासँगै देशमा राजनीतिक स्थायित्वको वातावरण बन्नेछ, यसले मुलुकलाई समृद्धितर्फ लैजानेछ”, उहाँले भन्नुभयो । उहाँले प्रत्येक मतदाताले निर्वाचनलाई उत्सवका रुपमा लिएर संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्ने एउटा ऐतिहासिक जिम्मेवारी पूरा गरेको पनि बताउनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस्