Logo

कराँतेमा कास्यपदक हात पार्ने खेलाडीलाई गाउँपालिकाद्वारा नगद ३५ हजारसहित सम्मान



Spread the love

असार २४, गुल्मी ।अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा कास्यपदक हात पार्ने तीन खेलाडीलाई गुल्मी दरवार गाउँपालिकाले नगदसहित सम्मान गरेको छ ।

माघ १० गतेदेखि १५ गतेसम्म सिङ्गापुर, मलेसिया, इन्डोनेसिया र थाइल्यान्डमा सम्पन्न भएको अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा गुल्मी दरवारका तीन खेलाडीले कास्यपदक हात पार्न सफल भएका थिए ।

मगंलबार गाउँपालिकाले खेलाडीहरु अमर बहादुर पल्ली, बिजय सारु र लक्ष्मण थापालाई एकमुष्ट ३५ हजार नगदसहित सम्मान गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए । खेलाडीलाई खेल क्षेत्रमा प्रोत्साहन गर्न र उनीहरुको योगदानको उच्च मुल्यांकन गर्दै सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्