Logo

कर्णालीमा थप २० जना कोरोना पुष्टि



Spread the love

२४ असार, सुर्खेत । कर्णाली प्रदेशमा थप २० जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् ।

सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा भएको परीक्षणबाट सुर्खेतका १३ जना, दैलेखका ५ जना र मुगुका २ जना रहेका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा कर्णालीमा १६ जना डिस्चार्ज भएका छन् । यससँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या १२९१ पुगेको छ । २५३ जना आइसोलेनमा छन् भने ६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्