Logo

मेलबर्नमा दोस्रो पटक लकडाउन



Spread the love

एजेन्सी। अष्ट्रेलियाको शहर मेलबर्नमा कोरोना संक्रमित बढेपछि दोस्रो पटक लकडाउन लागू गरिएको छ ।

करिब ५० लाख मेलबर्नबासीलाई आफ्नो घरबाट बाहिर निस्कने मनाही गरेको छ । यद्यपि, अत्यावश्यक सेवाका लागि भने बाहिर निस्कन दिइनेछ ।

स्थानीय प्रहरीका अनुसार शहरको चारैतिर घेराबन्दी गरिएको छ जसमा थुप्रै चेकपोइन्ट बनाइएका छन् । अहिलेसम्म अष्ट्रेलियामा ९ हजार बढी संक्रमित भेटिएका छन् भने १०६ जनामा मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्