Logo

कुख्यात गुण्डानाइके विकाश दुबे पक्राउ



Spread the love

एजेन्सी। भारतको कानपुरमा आठ प्रहरीको हत्या गरेर फरार विकाश दुबेलाई मध्य प्रदेशको उज्जैनबाट पक्राउ गरिएको छ । बिहीबार उज्जैनको महाकाल मन्दिरबाट विकास दुबेलाई पक्राउ गरिएको हो।

विकास दुबे महाकाल मन्दिरमा पुगेको सूचना कुनै स्रोतले दिएपछि प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको हो ।

महाकाल मन्दिरको सुरक्षा समूहले उनलाई संदिग्ध ठानेर पक्राउ गरेको थियो । त्यसपछि महाकाल थानाले प्रहरीलाई सूचना दिएको भारतीय समाचार माध्यमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्