Logo

प्रभासको चलचित्र ‘प्रभास २०’ को पोस्टर सार्वजनिक



Spread the love


एजेन्सी । बाहुबलीका स्टार प्रभासको बहुप्रतिक्षित चलचित्र ‘प्रभास २०’ को पोस्टर सार्वजनिक भएको छ ।

पोस्टरको बीचमा एक घडीको साथमा प्रभास २० लेखिएको छ ।

चलचित्रमा पूजा हेगडे, भाग्यश्री, मुरली शर्मा, सचिन खेडेकर, प्रियदर्शी, साशा क्षेत्री लगायतका कलाकारहरुको अभिनय देख्न पाइनेछ ।

‘प्रभास २०’ राधाकृष्ण कुमारद्वारा निर्देशन गरिएको हो । चलचित्रको फर्स्ट लुक जुलाइ १० मा सार्वजनिक हुनेछ ।

प्रभासले सन् २००२ बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए । उनी सन् २०१५ मा रिलिज भएकाे चलचित्र बाहुबली चलचित्रबाट ख्यातिकाे शिखरमा चढेका थिए ।

https://www.instagram.com/p/CCXlGvsnXFJ/

प्रतिक्रिया दिनुहोस्