Logo

पहिरोमा पुरिएर एकै परिवारका ३ जनाले ज्यान गुमाए



Spread the love

२६ असार, काठमाडौं । लमजुङ बेंसीशहर नगरपालिका ७, सातबिसेमा पहिरोमा पुरिएर एकै परिवारका ३ जनाले ज्यान गुमाएका छन् ।

अबिरल वर्षाका कारण बेंसीशहर नगरपालिका १० का दीपक तामाङ, उनको श्रीमति अन्दाजी बिमाया तामाङ र छोरा छेवाङ तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

बर्षाका कारण बिहीबार राति साढे १० बजेतिर उनीहरु बस्दै आएको घरलाई पहिरोले पुरेको थियो ।

प्रतिक्रिया दिनुहोस्