Logo

शीर्ष स्थानको रियलले अलाभेससँग भिड्दै



Spread the love

एजेन्सी। स्पेनिस ला लिगामा शुक्रबार लिगको शीर्ष स्थानमा रहेको रियल मड्रिडले डिपोर्टिभो अलाभेसको सामना गर्दैछ । खेल नेपाली समयअनुसार राति पौने २ बजे सुरु हुनेछ ।

दोस्रो स्थानमा रहेको बार्सिलोनाभन्दा एक अङ्कले अघि रहेको रियलले आजको खेल जितेमा उपाधिको दाबेदारीलाई थप बलियो बनाउने छ ।

ला लिगाको अर्को खेलमा शुक्रबार राति सवा ११ बजे रियल सोसिडाडले ग्रानडासँग खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस्