Logo

बाढी तथा पहिरोमा बेपत्ता भएका व्यक्तिको आशा मार्दै परिवारले थाले काजकिरिया



Spread the love

२६ असार, गुल्मी – गत असार १८ गते अविरल वर्षासँगै बाढी र पहिरो जादा गुल्मीका दुई स्थानीय तह मुसिकोट नगरपालिका र इस्मा गाउँपालिकाले ठुलो मात्रामा क्षेती व्यहोर्नु परेको छ । जिल्लाको इस्मा गाउँपालिकामा दुई बालबालिकाले ज्यान गुमाए भने पाँच जना घाइते भए ।

त्यस्तै मुसिकोट नगरपालिकामा पनि पहिरो र बाढिका कारण ठुलो नोक्सानी भएको छ । गत असार १८ गते बाढी तथा पहिरोमा बेपत्ता भएका वडा नम्बर दुईका ५५ वर्षिय भागिरथ घिमिरेलाई परिवारले आँफै मृतक घोषणा गरि काजकिरिया सुरु गरेको मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले सल्लेरी खबरलाई बताए । घिमिरेको मृत शरीरको प्रतिक बनाएर सोहीमा काजकिरीया गरिएको छ ।


दुई दिनसम्म डोजर प्रयोग गरि सुरक्षाकर्मीले खोजिकार्य गर्दा पनि शव नभेटिएपछि पारिवारले माया मारेको जनप्रतिनिधिको बुझाई छ । यद्यपि खोजी कार्य जारी राखिएको प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले बताए ।

बाढी र पहिरो एकै पटक जादा बाढीले बगायो कि पहिरोमा पुरिए भन्ने विषयमै धोदार रहेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्