Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
७४७,२५८
संक्रमित
२०,८०६,९६१
निको भएका
१३,७०६,६८५
नेपालमा कोरोना भाइरस
मृत्यु
९६
संक्रमित
२४,९५७
निको भएका
१६,८३७

शनिबार लगायत बिदाका दिन पनि बैंक खुल्ने



२६ असार, काठमाडाैँ – नेपाल राष्ट्र बैंकले शनिबार पनि बैंक तथा वित्तीय संस्थाको शाखा खोली कारोबार गर्न निर्देशन दिएको छ ।

बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालका अनुसार नेपाल सरकारको राजश्व बुझ्ने प्रयोजनका लागि यही असार २७ गते र सो पछिका जुनसुकै सार्वजनिक बिदाका दिनमा समेत बैंक तथा वित्तीय संस्थाको शाखा खोल्न निर्देशन दिइएको छ ।

राजश्व सङ्कलन गर्ने शाखा तथा काउण्टर एवं बैंकका क्लियरिङसम्बन्धी कार्य गर्ने काउन्टरलगायत नेपाल क्लियरिङ हाउस पूर्णकालीन रुपमा खुला गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

चालु आव सकिन केही दिन बाँकी रहेकाले राजश्व जम्मा गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाको शाखा अनिवार्य रुपमा खोल्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्