Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
७४७,२५८
संक्रमित
२०,८०६,९६१
निको भएका
१३,७०६,६८५
नेपालमा कोरोना भाइरस
मृत्यु
९६
संक्रमित
२४,९५७
निको भएका
१६,८३७

मास्क प्रयोग नगर्ने पाँच हजार बढी नियन्त्रणमा



२६ असार, महोत्तरी – महोत्तरीमा मास्क प्रयोग नगर्ने पाँच हजार बढी व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार विगत चार दिनमा जिल्ला सदरमुकाम जलेश्वरसहितका बजारमा मास्क प्रयोग नगरी हिँड्ने पाँच हजार ६०३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । तीमध्ये एक हजार ५७१ महिला र चार हजार ३२ पुरुष रहेका छन् ।

मास्क प्रयोग नगरी हिँड्नेलाई प्रहरीले नियन्त्रणमा लिएर २ घण्टा उभ्याएको छ भने मास्क गोजीमा भएकालाई मास्क प्रयोग गराएको र नभएकालाई मास्क वितरण गरेको छ । साथै उनीहरुलाई सम्झाइबुझाई छाडेका छन् ।

अहिले प्रहरीले मास्क नलगाउनेलाई नियन्त्रणमा लिने, मास्क लगाउने जस्ता क्रियाकलाप अगाडि बढाएको छ भने जिल्लावासीको बानी बेहोरामा सुधार नआए दण्ड जरिवाना जस्तो कार्यक्रमसमेत ल्याउने तयारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्