Logo

‘चीनको इसारामा नेपालले भारतीय च्यानलमा प्रतिबन्ध लगायो’



Spread the love

२७ असार, काठमाडाैँ – नेपाली टिभी च्यानल प्रदायक कम्पनीहरूले भारतीय समाचार च्यानलमा लगाएको प्रतिबनधमा चीनको हात रहेको भन्दै भारतका व्यक्तिहरूले अभिव्यक्ति राखेका छन् ।

भारतमा पूर्वमेजर जनरल गगनदिप बक्सी तथा जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले चीनको इशारामा नेपालले भारतीय समाचार च्यानलमाथि प्रतिबन्ध लगाएको बताएका हुन् ।

जी न्युजका प्रधान सम्पादक चाैधरीले टिभी कार्यक्रममै “नेपालले चीनको इशारामा भारतीय समाचार च्यानलहरूमा प्रतिबन्ध लगायो” भनेका थिए ।

त्यस्तै पूर्वमेजर बक्सीले ट्वीट गर्दै, “चिनियाँ राजदुत महारानी यान्छी नेपालकी नयाँ शासक । उनको इशारामा नेपालले भारतीय च्यानल बन्द गर्ने निर्णय गरेको छ । नेपाली जनता नेपालका चाउसेस्कु श्री ओलीबाट मुक्त हुनुपर्छ ।” भनेका थिए ।

नेपालबारे अनर्गल सामग्री प्रशारण गरेको भन्दै नेपालमा भारतीय समाचार च्यानलको प्रशारणमा बिहीबारदेखि रोक लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्