Logo

कोरोना कहरः विद्यालयहरु पुनः बन्द गरिने



Spread the love

२६ असार, हङकङ – हङकङमा कोरोनाभाइरसको संक्रमण समुदायस्तरमा फैलिएको पाइएको भन्दै हङकङका सबै विद्यालय बन्द गरिएको छ ।

हङकङ शहरका शिक्षा मन्त्री केभिन योङले विगत केही दिनदेखि कोरोनाभाइरसको संक्रमण तिब्र भएको देखिएपछि बालबालिकाको सुरक्षाका लागि आगामी सोमबारदेखि विद्यालयहरु बन्द गर्नु परेको जानकारी दिए ।

आर्थिक केन्द्रका रुपमा चर्चित हङकङमा बिहीबार समुदाय स्तरमा ३४ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको थियो । तीन महिनाको अवधिमा यतिठूलो संख्यामा पहिलोपटक कोरोना संक्रमित भेटिएका हुन् ।

तर परीक्षाको तयारी गरिरहेका विद्यार्थीले भने परीक्षा दिन पाउने उनले बताए । तर त्यस्ता विद्यार्थीले मास्क लगाउनु पर्ने तथा सामाजिक दूरी कायम गर्नु पर्नेछ ।

हङकङका सरकारी माध्यमिक विद्यालयहरु भाइरस संक्रमण देखिएको भन्दै गत जनवरीमा पनि बन्द गरिएका थिए । नयाँ संक्रमणमा नियन्त्रण कायम गरेपछि विद्यालयहरु गत मे महिनाबाट खुलेका थिए ।

तर पछिल्लो दुई दिनमा निकै ठूलो संख्यामा संक्रमित भेटिएका अधिकारीहरुले बताएका छन् जसमा एउटा वृद्धवृद्धा राखिने केएर होमका ३२ जना पनि संक्रमित भएका छन् ।

स्थानीय अधिकारीहरुले बिहीबार नै शहरका रेस्टुराँ, बार र फिटनेस केन्द्रमा कति जनासम्म व्यक्ति भेला हुन पाउने भन्ने बारेमा नयाँ नियम घोषणा गरेका छन् । नयाँ नियम अनुसार रेस्टुराँमा एक पटकमा आठ जना तथा पब र रात्रिक्लबमा प्रति टेबल चार जना मात्र बस्न पाइने छ ।

प्रतिक्रिया दिनुहोस्