Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
७४७,२५८
संक्रमित
२०,८०६,९६१
निको भएका
१३,७०६,६८५
नेपालमा कोरोना भाइरस
मृत्यु
९६
संक्रमित
२४,९५७
निको भएका
१६,८३७

कविता र जीवन



–बेन ओक्री


ईश्वरलाई थाहा छ कि पहिलाभन्दा अहिले हामीलाई कविताको धेरै आवश्यकता छ । हामीलाई कविताबाट प्राप्त हुने गाह्रो सत्यको आवश्यकता छ । हामीलाई त्यस अप्रत्यक्ष आग्रहको जरुरत छ, जसले,‘सुने जानेको जादु’ प्रति कविता लेख्ने गर्दछ ।

त्यो दुनियाँ जहाँ बन्दुकको होडबाडी चलेको हुन्छ, बम–बारुदको बहस जारी हुन्छ र यस पागलपनलाई अगाँल्दै विश्वास फैलिएको छ कि सिर्फ हाम्रो पक्ष, हाम्रो धर्म, हाम्रो राजनीति नै सही छ, दुनियाँ युद्धको एक घातक खाडलमा झुकिरहेको छ– हामीलाई त्यो आवाजको जरुरत छ, जसले हाम्रोभित्रको सर्वोच्चलाई सम्बोधन गरोस् ।

हामीलाई त्यो आवाजको आवश्यकता छ, जसले हाम्रो खुशीसँग कुरा गर्न सकोस्, हाम्रो बचपन र निजी राष्ट्रिय स्थितिको बन्धनसँग कुरा गर्न सकोस् । त्यो आवाज जसले हाम्रो सन्देह, हाम्रो भयसँग कुरा गरोस्; र ती सबै अकल्पित आयामबाट पनि जसले हामीलाई मनुष्यमात्र नबनाई हामी हुनुको भाव पनि पैदा गर्दछन् ।


राजनीतिभन्दा कविता हाम्रो नजरमा धेरै नजिक रहेको छ । कविता हाम्रो लागि खानु र हिँड्नुजस्तै प्राकृतिक कुरा भइसकेको छ ।

जब हामी जन्म लिन्छौँ, तब सास र कविताको स्थितिमा जन्म लिन्छौँ । जन्म लिनु एक काव्यात्मक स्थिति हो– आत्मा शरीरमा प्रवेश गर्नु । मृत्यु पनि एक काव्यात्मक स्थिति हो– शरीरको आत्मा बदलिनु । यो एक चक्र पुरा हुन जाने चमत्कार हो ।

जीवन र मृत्युको बिचमा जुन हाम्राे दैनिक जीवनकाे क्षणमा हुन्छ त्याे मुख्य रुपमा काव्यात्मक नै हुने गर्दछ । यानेकी भित्री र बाहिरी सम्झौताको बिचमा समयहीनताको भित्री भाव र नाशको बाह्य भावनाको बिच ।


राजनेता राज्यको हालतको बारेमा कुरा गर्दछन्, कवि जीवनको आधारभूत धुनमा झुम्नका लागि हामीलाई सहयोग गर्दछन्, हिँडाइको छन्दमा, बोलाइको मणिमा र जिन्दगीको रहस्मयी स्पन्दनमा ।
कविताले हाम्रोभित्र अन्तर्संवाद पैदा गर्दछ । यसले हामीलाई सत्यप्रति एउटा निजी यात्रामा लैजान्छ ।
हामी पुरै दुनियाँलाई कविताको आवाजमा एकसाथ ल्याऔँ र आफ्ना हृदयलाई एक उत्सवमा रुपान्तरण गरौँ जहाँ सपनाहरु पालिने गरिन्छ । अनि हाम्रो दिमाग ताराको छायाँमा आवश्यक वस्तुहरुको पाठशाला बन्नु पर्दछ ।


कविता त्योमात्र हुँदैन जो लेखिन्छ । कविता आत्माको सुस्केराबाट बनेको एक महानदी हो जो मानवतासँगै बग्दछ । कविले आफ्नै शैलीमा अर्थ र ध्वनिको झरनामा सिर्फ एकैछिनको लागि पानी जमिनमा ल्याउँछन् ।


प्राचीन कालमा त्रिकालदर्शी शान्त हुनु सम्भव छ तर अहिले हामीले ती विभिन्न तरिकामा विश्वासमा गर्दैनौँ, जसले ईश्वर हामीबाट अथवा हाम्रो माध्यमबाट बोल्ने गर्दथे । जिउँदो हुनुको अर्थ यो हो कि हामी विभिन्न दबाबको केन्द्रमा उपस्थित छौँ । समाजको मागको दबाब, आफू हुनुको अजीव दबाब, इच्छाहरुको दबाब, सपनाको दबाब र यस नष्ट हुने जीवनको हर प्रवाहको बिचमा शक्तिशाली हुने इच्छाको दबाब ।


हामी आफ्ना मतभेदमा बढी ध्यान दिन्छौँ । कविताले हामीलाई जटिलताको अचम्मतिर खिच्दछ । कविताले हामीभित्र विलिन भएको बोधलाई फेरि जगाउँछ; हामी सबै एक सिंगो परिवारको हिस्सा हौँ र ती अनुभवहरुलाई एक अर्कालाई सुनाउँछौँ । जुन कुरा नितान्त हाम्रो लागि अद्धितीय हो र ती अनुभूति हाम्रामात्र नभइ सबैको हो ।

हामीलाई राजनीतिभन्दा धेरै कविताको आवश्यक रहेको छ । तर हामीलाई कविताको सम्भावनाको वृद्धि गरिरहनु पर्दछ । कविताले दुनियाँलाई बदल्नेछ । (अत्याचारीहरु पनि धेरै पटक कवि रुपमा चिनिने गरिन्छ तर खराब कविको रुपमा ।) जबसम्म कविता हाम्रो बुद्धिको सवालको दायरामा गइरहन्छ, हाम्रो मानवतालाई गहिरो रुपले छोइरहनेछ । तब कविता सौन्दर्यको तेज बनिरहनेछ, भलाइको वेग बनिरहनेछ, हल्ला र घृणाको स्वरलाई बिस्तारै घटाउँदै जानेछ ।


कविताको असाधारणाको कारण स्पष्ट छ । कविता त्यो मूल शब्दको वंश हो जसले हाम्रो पुर्खाहरुले उत्पत्तिको कारण मानेका छन् ।

कविताले आफ्नो चरम सीमामा सृजनात्मक शक्तिलाई आफूभित्र जीवित राख्छ । जुन वस्तुको आकार हुन्छ हुन्छ ती परिवर्तन हुन्छन्, तिनले आफैलाई परिवर्तन गर्छन्– कविता भनेको ती सबै वस्तुहरुको भौतिक मूर्त रुप हो । शब्द पनि कस्तो मिथ्या छ है ! शब्दको तौल कसले नाप्न सक्छ ? । तंपाईले तराजुको एक भागमा सत्यको हल्का प्वाँख राख्नुहोस् अनि अर्कोमा शब्द– के यो सम्भव छ ? फेरि पनि हृदयभित्र शब्दको कति धेरै वजन हुन्छ । हावाभन्दा पनि धेरै हलुका हुन्छन् शब्द, तर पनि उत्तिकै रहस्यमयी तरिकाले चिरस्थायी हुन्छन् । कविता हामीभित्रको ईश्वरीय उपस्थितिको संकेत हो र हामीलाई प्रतिध्वनिमा परिवर्तन गर्नका लागि अस्तित्वको सर्वोच्च स्थानमा लैजान्छ ।


कवि तंपाईहरुबाट केही चाहंदैनन् मात्र तंपाई आफ्नो आत्माको ध्वनि सुन्नुहोस् । ती राजनेताहरुले जस्तै भोट माग्दैनन् ।

सच्चा कवि मात्र यहीं चाहन्छन् कि– तंपाईलाई यो सम्पूर्ण सृष्टिसँग गरिएको सम्झौताको सम्मान गर्न चाहन्छ, जुन तंपाईले यस सृष्टिको अदृश्य जादुबाट पहिलो सास तानिरहनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्