Logo

२४ घण्टा याता संक्रमितको संख्या भन्दा डिस्चार्ज हुनेहरूकाे संख्या ह्यातै बढ्यो



Spread the love

२७ असार, काठमाडाैं । नेपालमा थप ७० जनामा काेराेना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

आज संक्रमित भन्दा डिस्चार्ज हुनेको संख्या निकै उच्च रहेको छ । आज ७० जनामा कोरोना देखिएको छ भने ४३१ जना डिस्चार्ज भएका घर गएका छन् । दिनप्रति दिन डिस्चार्ज हुनेको संख्या ह्यातै बढेको छ । आज संक्रमण भन्दा डिस्चार्ज हुने संख्या ३६१ ले बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६४८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । साथै ४३१ जना निको भएर डिस्चार्ज भएका छन् ।

यससँगै नेपालमा काेराेना भाइरसबाट संक्रमित हुनेहरूकाे संख्या १६ हजार ७ सय १९  पुगेकाे छ । हालसम्म नेपालमा काेराेना भाइरसबाट ३८ जनाकाे ज्यान गएकाे छ । यसैगरी ८ हजार ४ सय ४२ जना संक्रमित अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्