Logo

क्यालिफोर्नियामा ८ हजार कैदीलाई रिहा गरिदै



Spread the love

एजेन्सी । कोभिड–१९ सङ्क्रमण फैलिने डरमा अमेरिकाको क्यालिफोर्निया राज्यमा आठ हजार कैदीलाई जेलमुक्त गरिएको अधिकारीहरूले बताएका छन् । क्यालिफोर्निया अमेरिकाको बढी प्रभावित राज्यमध्ये एक हो ।

रिहा गरिने भनिएका कैदीलाई आगामी अगस्टको अन्त्यसम्ममा प्रक्रिया पुर्याएर रिहा गरिने छ । यस पहिले उक्त राज्यमा १० हजार कैदीलाई यस्तै निर्णय गरी रिहा गरिसकिएको क्यालिफोर्निया सुधार तथा पुनःस्थापना विभागले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्