Logo

छोरीलाई घरमा थुनेर प्रेमीलाई भेट्न जाँदा भोकप्यासले तीन वर्षीया छोरीको मृत्यु !



Spread the love

एजेन्सी। जापानमा एक महिलाले आफ्नी तीन वर्षीया छोरीलाई घरमा थुनेर प्रेमीसँग आठ दिन समय बिताउँदा भोकले तड्पिएर छोरीको ज्यान गएको छ ।

साकी काकेहाशी नामक २४ वर्षीया ती महिलाले पतिसँग पारपाचुके गरेकी र बच्चालाई घरमा एक्लै छोड्दा खासै फरक नपर्ने जस्तो लागेको बताइन् ।

साकी टोक्योबाट​ क्युशु टापुमा रहेको कागोशिमा प्रिफेक्चरमा प्रेमीलाई भेट्न गएकी थिइन् । त्यो ठाउँ राजधानी टोक्योबाट दुई घन्टाको उडान समय टाढा पर्छ ।

प्रतिक्रिया दिनुहोस्