Logo

सिन्धुपाल्चोक बाढीपहिरो – बेपत्ता २० जना अझै भेटिएनन्, ३७ परिवार विस्थापित



Spread the love

२७ असार, सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५, जम्बुमा बुधबार राति गएको बाढी–पहिरोमा बेपत्ता भएका २० जना अझै भेटिएका छैनन् । लगातारको वर्षाले सडक अवरुद्ध भएका कारण उनीहरूको खोजीमा कठिनाइ भएको छ।

बाढी–पहिरोमा परी ३७ परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

बिहीबार भोटेकोसी गाउँपालिका–३, लार्चामा गएको पहिरोमा परेर बेपत्ता भएका एकजना सामान्य घाइते अवस्थामा भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्