Logo

स्टर्लिङको ह्याट्रिकमा सिटीको प्रभावशाली जित, शतप्रतिशत नतिजामा लिभरपुलको पूर्णविराम



Spread the love

एजेन्सी। इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले ब्राइटनमाथि प्रभावशाली जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले घरेलु टोली ब्राइटनमाथि ५–० को फराकिलो जित निकालेको हो ।

सिटीको जितमा रहिमको ह्याट्रिकसँगै ग्याब्रियल जेसस र बर्नाडो सिल्भाले पनि गोल गरे । सिटीले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा तीन गोल थीन सफल भएको थियो ।

जितसँगै सिटीको यो सिजन दोस्रो स्थान लगभग पक्का भएको छ । सिटीको ३५ खेलबाट ७२ अंक पुगेको छ । पराजित ब्राइटन ३६ अंक जोडेर १५औं स्थानमा छ ।

प्रिमियर लिगको अर्को खेलमा लिभरपुलले घरेलु मैदानमा हात पार्दै आएको शतप्रतिशत जितमा पूर्णविराम लागेको छ। यसअघि नै लिगको उपाधि जितेको लिभरपुलले यो सिजनमा घरेलु मैदानमा खेलेका सबै खेलमा जित हात पारेको थियो।

तर शनिबार राति भएको खेलमा लिभरपुललाई बर्नलीले १-१ गोलको बराबरीमा रोक्यो।

प्रिमियर लिगमा सेफिल्ड युनाइटेडसँग लज्जास्पद हार बेहोरेको छ । बल पोजेसनमा पकड जमाएपनि चेल्सीले घरेलु टोली सेफिल्डसँग ३–० को लज्जास्पद हार बेहोरेको हो ।

यो हारले चेल्सीको शीर्ष चारको सम्भावना पनि आफ्नो हातबाट बाहिरिएको छ । तेस्रो स्थानमा रहेको चेल्सी एक खेल कम खेलेको लेस्टर सिटी र म्यानचेस्टर युनाइटेडसँग मात्रै दुई अंकले अघि छ ।

प्रतिक्रिया दिनुहोस्