Logo

रोनाल्डोको दुई गोलमा युभेन्टस हारबाट जोगियो, दोस्रो स्थानको लाजियो पराजित



Spread the love

एजेन्सी। युभेन्टस इटालियन सिरी ‘ए’ मा एटलान्टासँग बराबरीमा रोकिएको छ । घरेलु मैदान एलिएज्न एरिना टुरिनमा शनिबार राति भएको खेलमा युभेन्टसले एटलान्टासाग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

डुवान जापाटाको गोलमा एटलान्टाले १६औं मिनेटमा अग्रता लिएको थियो। ५५औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा बराबरी गोल फर्काए। ८१औं मिनेटमा रुस्लान मालिनोभस्कीले गरेको गोलमा एटलान्टाले पुनः अग्रता लिएको थियो। तर, अन्तिम मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्टसको एक अंक पक्का गरे।

बराबरीसँगै युभेन्टसले शीर्षस्थानमा ८ अंकको अग्रता बनाएको छ । युभेन्टसको ३२ खेलबाट ७६ अंक पुगेको छ । समान खेलबाट दोस्रो स्थानमा रहेको लाजियोको ६८ तथा तेस्रो स्थानमा रहेको एटलान्टाको ६७ अंक रहेको छ ।

शीर्ष क्लब युभेन्टस बराबरीमा रोकिएको दिन दोस्रो स्थानको लाजियो पनि सासउलोसँग २-१ ले पराजित भयो। यससँगै लाजियोले युभेन्टससँग अंक दूरी घटाउने मौका खेर फाल्यो।

पाँचौं स्थानको एएस रोमाले रेलिगेशन क्षेत्रको ब्रेसियालाई ३-० ले पराजित गर्‍यो।

प्रतिक्रिया दिनुहोस्