Logo

ला लिगा – रियल बेटिसमाथि एट्लेटिको विजयी



Spread the love

एजेन्सी। एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा रियल बेटिसमाथि १–० को सहज जित निकालेको छ ।

५७औं मिनेटमा मारियो हेर्मोसो सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एट्लेटिको १० खेलाडीमा समेटियो । १० खेलाडीमा समेटिएपनि डिएगो कोस्टाले ७४औं मिनेटमा गरेको गोल नै एट्लेटिकोलाई जितका लागि पर्याप्त बन्यो ।

जितसँगै तेस्रो स्थानमा रहेको एट्लेटिकोको ३६ खेलबाट ६६ अंक पुगेको छ । पराजित रियल बेटिस ४१ अंक जोडेर १३औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्