Logo

सङ्खुवासभामा पहिरोले सात घर बगायो, ११ जना बेपत्ता



Spread the love
फाइल तस्बिर

२८ असार, सङ्खुवासभा। सङ्खुवासभाको सिलिचोङ गाउँपालिका-१, सिसुवाखोलामा पहिरो जाँदा सात घर बगाएको छ भने पहिरोले बगाएर ११ जना बेपत्ता भएका छन् ।

अविरल वर्षापछि गएराति गएको पहिराले सिसुवाखोलाको बेसिन्दा गाउँ पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

अहिले पनि भारी वर्षा भइरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्