Logo

भारतीय अभिनेता अमिताभ र अभिषेक बच्चनमा कोरोना पुष्टि



Spread the love

एजेन्सी। भारतीय अभिनेता अमिताभ र अभिषेक बच्चनमा कोरोना सङ्क्रमण पाइएको छ । अमिताभ बच्चनले ट्वीटमार्फत कोरोना संक्रमण पुष्टि भएको खुलासा गरेका थिए।

ट्वीटमा उनले आफूमा कोरोना सङ्क्रमण पोजिटिभ पाइएको र अस्पतालमा भर्ना भएको तथा परिवारका सदस्यमा पनि परीक्षण भई रिजल्ट आउन बाँकी रहेको उल्लेख गरे छ।

उनीहरु दुवै जनालाई मुम्बइको नानावती अस्पताल लगिएको छ र अभिषेकले अभिताभ र उनमा सामान्य खालको लक्षण देखिएको बताए छ ।

प्रतिक्रिया दिनुहोस्