Logo

बर्दियाकाे नदीमा आएको बाढीमा परी दुई जना लापत्ता



Spread the love

असार २८, काठमाडौं । बर्दियाको बबइ नदीमा आएको बाढीमा बगेर दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहमा जिल्लाको ठाकुरबाबा नगरपालिका ४ का ३२ वर्षीय जितबहादुर थारु र उनकी श्रीमती २६ वर्षीया राजकुमारी रहेका छन् ।

दम्पती बबई नदी किनारमा दाउरा संकलन गरेर फर्किंदै थिए । सोही क्रममा बाढीमा परी बेपत्ता भएको प्रहरीले बताएको छ ।

दुबै दम्पतीलाई बाढीले बगाएको नदी किनारमा बाख्रा चराइरहेकाले देखेका थिए । उनले प्रहरीलाई खबर गरेपछि प्रहरी, जनप्रतिनिधि र स्थानीय बासिन्दा मिली खोजतलास जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्