Logo

घट्यो सुनको मूल्य



Spread the love

असार २८, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ थियो ।

यसैगरी तेजाबी सुन प्रतितोला ९१ हजार ६ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्यसँगै चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला ९ सय ८० रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्