Logo

गण्डकी प्रदेशमा थप १५ जनामा संक्रमण



Spread the love

असार २८, काठमाडौं । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १५ जनामा संक्रमण पुष्टि भएको हो ।

तनहुँमा ६ जना, पर्वत, बाग्लुङ र लमजुङमा २ २ जना, नवलपुर, स्याङ्जा र गोरखाका एक एक जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ११९२ पुगेको छ । संक्रमितमध्ये ७३६ जना डिस्चार्ज भइसकेका छन् ।

सामाजिक विकास मन्त्रालयले निकालेकाे प्रेस विज्ञप्ति

प्रतिक्रिया दिनुहोस्