Logo

मास्क नलगाइ हिँड्ने १ हजार ६८ जना पक्राउ



Spread the love

असार २८, काठमाडौं । झापामा मास्क नलगाइ घर बाहिर निस्कंदा १ हजार ६८ जना कारबाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय, झापाले मास्क नलगाइ हिँडेको भनी तीन दिनमा १ हजार ६८ जनालाई कारबाही गरेको हो ।

झापाका दमक, काँकरभिट्टा लगायतका विभिन्न स्थानमा बिहीबार, शुक्रबार र शनिबार मास्क नलगाइ घर बाहिर निस्किएका १०६८ मध्ये ८४६ जना पुरुष र ३२२ जना महिला रहेका छन् ।

प्रहरीले मास्क नलगाउनेमध्ये कसैलाई सम्झाइ बुझाइ गरी पठाएको छ भने कसैलाई मास्क दिइ पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्