Logo

‘कि रोजगारी देऊ कि कोरिया पठाइदेऊ’



Spread the love

३० असार, काठमाडाैँ – रोजगारीका सम्पूर्ण प्रक्रिया पूरा गरेर पनि दक्षिण कोरिया जान नपाएका युवाले आज काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

सम्पूर्ण प्रक्रिया पूरा गरेर उडानको पर्खाइमा रहँदा सरकारले कुनै वास्था नगरे भन्दै इपिएस सङ्घर्ष समितमार्फत उनीहरुले प्रदर्शन गरेका हुन् । सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण उडान बन्द गरेपछि इपिएस पाससहित सम्पूर्ण प्रक्रिया पूरा गरी बसेका उनीहरुले उडान सञ्चालन गर्नुपर्ने माग गरेका छन् ।

कोभिड–१९ को जोखिम बढ्दै गएपछि सरकारले गत चैत ११ गतेदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै उडान बन्द गरेको छ ।

उनीहरुले ‘कि रोजगारी दिनुपर्यो, कि कोरिया जान दिनुपर्यो’, ‘कोरियाका लागि अन्तर्राष्ट्रिय उडान नियमित गरियोस्’ लगायतका नारा लेखिएका प्ले कार्ड सहित प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा सहभागी दीपेश लामिछानेले स्वदेशमा रोजगारी नभएको अवस्था कोरियाका लागि सबै प्रक्रिया पूरा भइसकेको बताउँदै जतिसक्दो चाँडो अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सरकारसमक्ष आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्