Logo

अमेरिकामा कोरोनाबाट मुत्यु हुनेको संख्या बढ्यो, अहिलेसम्म संसारकै १ नम्बर सुचिमा !



Spread the love

३१ असार, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ ।

अमेरिकामा २४ घण्टा यता ८ सय ७२  जनाको मृत्यु भएको छ भने हिजो १४ तारिखमा ४ सय ५२ जनाको मुत्यु भएको थियो । हिजोको तुलनमा आज मृत्यु हुनेको संख्या बढेको छ । अमेरिका विश्वभर अहिलेसम्मकै सबैभन्दा धेरै मृत्यु हुने देश भएको छ । ६४ हजार नयाँ संक्रमित थपिएका छन् ।

२१२ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म अमिरिकामा मात्र १ लाख ३९ हजार १ सय १९ जनाको मृत्यु भएको छ भने ३५ लाख ४३ हजार भन्दा बढी संक्रमित भएका छन् । १५ लाख ९० हजार भन्दा बढी उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्