Logo

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो, संक्रमितको संख्यामा नयाँ रेकर्ड



Spread the love

३१ असार, एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढेको छ । हिजो ५ सय जना ४० ले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज सो संख्यामा वृद्धि हुँदै ५ सय ८८ पुगेको छ ।

पछिल्लो २४ घण्टमा भारतमा कोरोनाबाट २९ हजार ८ सय ४२ जना संक्रमित हुँदा ५ सय ८८ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा ९ लाख ३७ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा ती मध्ये ५ लाख ९३ हजारभन्दा बढी निको भइसकेका छन् भने २४ हजार ३ सय १५ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित देशमध्ये भारत तेश्रो स्थानमा रहेको छ । गएको २४ घण्टामा भेटिएका कोरोना संक्रमित अहिलेसम्म कै सबैभन्दा धेरै हो ।

प्रतिक्रिया दिनुहोस्