Logo

पासालिकको ह्याट्रिकमा ब्रेसियामाथि एटलान्टाको प्रभावशाली जित



Spread the love

एजेन्सी । एटलान्टाले सिरी ए फुटबलमा सानदार जित निकालेको छ । घरेलु मैदानमा गएराती भएको खेलमा एटलान्टाले ब्रेसियामाथि ६-२ को प्रभाबशाली जित निकालेको हो ।

एटलान्टाको जितमा मर्टिन डि रुन, रुस्लान मालिनोभ्स्की र डुभान जापटाले समान एक गोल थपे । ब्रेसियाका एर्नेस्टो टोरेग्रोसा र निकोलस स्पालिकले गोल गरेपनि हार टार्न सकेन ।

जितसँगै एटलान्टा सिरी ए को दोस्रो स्थानमा उक्लिएको छ । एटलान्टाको ३३ खेलबाट ७० अंक छ । पराजित ब्रेसिया २१ अंक जोडेर १९औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्