Logo

नर्विच सिटीमाथि चेल्सीको कठिन जित



Spread the love

एजेन्सी ।  प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा चेल्सीले नर्विच सिटीलाई पराजित गरेको छ । चेल्सीले घरेलु मैदानमा रेलिगेशन जोनमा रहेको नर्विच सिटीमाथि १–० को कठिन जित निकालेको हो ।

पहिलो हाफको ईन्जुरी समयमा ओलिभर जिराउडले हेडमार्फत गरेको गोल नै चेल्सीलाई जितका लागि पर्याप्त बन्यो।

च्याम्पियन्स लिग छनोटको कठिन दौडमा रहेको चेल्सीलाई पछिल्लो जितले ठूलो राहत मिलेको छ ।

चेल्सीले चौथो स्थानको लेस्टर सिटी र पाँचौं स्थानको म्यान्चेष्टर युनाईटेडसँग ४ अंकको अग्रता बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्