Logo

प्रधानमन्त्रीको स्वीस बैंकको खातामा साढे ५ मिलियन डलर पैसा रहेको रिपोर्ट गलत – सचिवालय



Spread the love


फाइल तस्बिर

३१ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीस बैंकको खातामा ५.५ मिलियन अमेरिकी डलर रहेको कुरा शतप्रतिशत गलत रहेको उनको सचिवालयले स्पष्टिकरण दिएको छ ।

‘ग्लोबल वाच एनालाइसिसलाई उद्धृत गरी केही नेपाली अनलाइनहरूले गैरजिम्मेवारीपूर्ण र बदनीयतका साथ गरिररहेको अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्न लक्षित झूठो सम्रेषणप्रति गम्भीर ध्यानाकर्षण’ भएको पनि प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।

ग्लोबल वाच एनालिसिसमा लेखेको एक लेखमा पछिल्लो समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले अकूत सम्पत्ति आर्जन गरेको र त्यो स्वीस बैँकमा थुपारिएको दाबी गरिएको छ

प्रतिक्रिया दिनुहोस्