Logo

बेल्जियममा मार्चपछि पहिलाे पटक कसैकाे पनि ज्यान गएन



Spread the love

एजेन्सी । बेल्जियममा बितेको २४ घण्टामा कोरोना भाइरसबाट कसैको पनि मृत्यु भएको छैन । मार्च महिनापछि पहिलो पटक बेल्जियममा बितेको २४ घण्टामा कोरोना भाइरसबाट मृत्यु नभएको हो ।

स्वास्थ्य अधिकारीका अनुसार यसभन्दा पहिला मार्च महिनामा कसैको पनि मृत्यु भएको थिएन । तर, स्थिति नाजुक हुँदै गएपछि मार्च १४ बाट लकडाउन सुरु गरिएको थियो । यद्यपि मे महिनाबाट नै लकडाउन खुकुलो बनाउन थालिएको थियो ।

बेल्जियममा कोरोना भाइरसबाट ९७८७ जनाले ज्यान गुमाइसकेका छन् । करिब १ करोड १५ लाख जनसंख्या भएको बेल्जियममा ६२ हजार ७८१ ज्ना संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्