Logo

महानायक राजेश हमालद्वारा दीपाश्री निरौलालाई माफी दिन आग्रह



Spread the love

असार ३१, काठमाडौं । महानायक राजेश हमालले सार्वजनिक स्थानमा आफ्ना मतहरु राख्दा अरुमाथि असर नपर्ने गरी राख्नका लागि आग्रह गरेका छन् ।

केही दिन अगाडि दीपाश्री निरौलाले महानायकको विषयमा बोलेपछि उनको चर्को आलोचना भइरहेको छ । सोही देखि महानायकका विषयमा विभिन्न किसिमका अभिव्यक्ति र टिकाटिप्पणीहरु आइरहेका छन् ।

सोही घटनालाई लिई हमालले विचार राख्दा अरुमाथि आँच नराखिदिनका लागि आग्रह गरेका हुन् ।

हमालले मंगलबार राति फेसबुकमार्फत् भिडियो सार्वजनिक गरी मानवताका लागि उनलाई माफी दिनुपर्ने बताएका छन् ।

हमालले भिडियोमा भनेका छन्, ‘मेरो बारेमा कसैले आफ्नो भनाइ राख्नुभयो । भनाइ आएसँगै ठाडो प्रतिक्रियाहरु आएका छन् । म आग्रह गर्दछु कि यो राष्ट्रका सिने, कला र मानवताका लागि सम्बन्धित व्यक्तिलाई माफी दिनुहोला । कलाकारहरुलाई माफी दिएर उनीहरुलाई अगाडि जाने वातावरण तयार पारिदिनुहोस् ।’

दीपाश्री निरौलाले एक टिभी अन्तर्वार्ताको क्रममा राजेश हमाल किन महानायक भए ? अरु निर्माता, निर्देशक र अन्य कलाकार किन भएनन् भनी भनेकी थिइन् ।

भिडियाेका लागि तलकाे लिंक थिंच्नुहाेला ।

प्रतिक्रिया दिनुहोस्