Logo

ओखलढुंगामा कार्यरत १५ जना भारतीयमा कोरोना संक्रमण पुष्टि



Spread the love

१ असार, ओखलढुंगा ओखलढुंगामा १५ जना भारतीयमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको विद्युत विस्तारका लागि आएका १५ जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्ला स्वस्थ्य कार्यालय ओखलढुंगाका प्रमुख सुमन तिवारीका अनुसार जिल्लाको मानेभज्याङ गाउँपालिकामा क्याम्प खडा गरेर बस्दै आएका १५ जना भारतीयहरूमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमण पुष्टि भएका सबैजनालाई उपचारका लागि विराटनगर पठाइएको छ । कोरोना संक्रमित सबैजना चैत २८ गतेदेखि सो काममा लागेका थिए ।

प्रतिक्रिया दिनुहोस्