Logo

प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लामा एमालेका बोहरा प्रदेशसभामा विजयी



Spread the love

डडेल्धुराको प्रदेशसभा ‘क’ नेकपा एमालेका पठानसिँह बोहरा  निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार रघुवर भट्टलाई दुई हजार २६९ मतले पराजित गर्दै विजयी भएका छन् ।

प्रदेशसभा सदस्यमा एमाले उमदेवार बोहराले १३ हजार ५६३ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी कांग्रेस उमेदवार भट्टले ११ हजार ३९४ मत ल्याएका छन् ।

आयोगका अनुसार प्रदेशसभा ‘क’ मा कांग्रेस उमेदवार कर्णबहादुर मल्ल १० हजार ७९४ मतसहित अगाडि छन् । उनका प्रतिद्वन्द्वी डा. ताराप्रसाद जोशीले ९ हजार ८०४ मत प्राप्त गरेका छन् । प्रदेशसभा ‘क’ मा मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्